Like us!
Follow us!
Connect us!
Watch us!

होल्डिङ कम्पनी 'साथी पार्टनर्स' औपचारिक रुपमा सुरु, आईपीओमा जाने लक्ष्य

अर्थ संसार

विहीबार, ०५ साउन २०७९, १६ : ५६ मा प्रकाशित

होल्डिङ कम्पनी 'साथी पार्टनर्स' औपचारिक रुपमा सुरु, आईपीओमा जाने लक्ष्य

होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिम मार्फत केही विषेश तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरिएको छ ।

यो कम्पनी अन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषी, कपडा ब्राण्ड, म.म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको बताइएको छ ।

यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादन देखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तराष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको संस्थापक अध्यक्ष, साथीमार्टका सि.ई.ओ तथा सफल युवा व्यवसायी सागर पोखरेल रहेका छन भने ५ जनाको अनुभवी संचालक समिति रहेको बताइएको छ ।

७ वटा भन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादन देखि रिटेल र टेक्नोलोजी देखि अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यवसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुजी ५० करोड र चुक्ता पूँजी हाललाई ५ करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ । 

साथै यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पूँजी पुर्‍याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक बिक्री मार्फत व्यवसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य राखिएको छ । २०८०/८१ भित्र कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब पचास करोड पुर्‍याई आईपीओमा समेत जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको