Like us!
Follow us!
Connect us!
Watch us!

भदौ ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्रि खुल्ला गर्दै खप्तड लघुवित्त

अर्थ संसार

सोमबार, ३० साउन २०७९, ०६ : २८ मा प्रकाशित

भदौ ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्रि खुल्ला गर्दै खप्तड लघुवित्त

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्रि खुल्ला गर्ने भएको छ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारण आवेदन दिन सक्नेछन् ।

कति दिने आवेदन ?

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

लगानीकर्ताले छिटोमा भदाै १२ गतेसम्म ढीलोमा भदाै ७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

रेटिङ कति ?

केयर रेटिङ्गस नेपालले आईपीओ लघुवित्तको आईपीओलाई  'केयरएनपी डबल बी माइनस इस्यूअर’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको