Like us!
Follow us!
Connect us!
Watch us!

युरोपमा चर्कियो ऊर्जा संकट, थुप्रै मुलुकमा लोडसेडिङ हुने चेतावनी

पत्रपत्रिका

सोमबार, २७ भदौ २०७९, १० : ३५ मा प्रकाशित

युरोपमा चर्कियो ऊर्जा संकट, थुप्रै मुलुकमा लोडसेडिङ हुने चेतावनी

बिजुली र ग्यासको प्रयोग नघटाएमा युरोपमा चरम ऊर्जा संकट हुने र विभिन्न मुलुकमा लोडसेडिङ हुने देखिएको छ । रुसले नर्डस्ट्रिम–१ पाइपलाइनमार्फत आपूर्ति हुँदै आएको ग्यास पूर्ण रूपमा कटौती गरिदिएपछि युरोपभर आगामी जाडोयाममा लोडसेडिङ हुने देखिएको हो । ऊर्जाको प्रयोग नघटाएमा जाडोयाममा बेल्जियम, जर्मनी, फ्रान्स, बेलायत, स्पेन, स्विट्जरल्यान्ड यूकेलगायत दर्जनौं मुलुकमा लोडसेडिङ हुने अधिकारीहरूले जनाएका छन् ।

युरोपेली टेलिभिजन टीएफ–१ ले आगामी जाडोयाममा युरोपमा प्रत्येक दिन केही घण्टा लोडसेडिङ हुने उल्लेख गरेको छ । युरोपेली आयोगका अनुसार हाल १२ देशहरू कम ग्यास प्रवाहका कारण पीडित रहेका र अन्य केही देशमा पूर्ण रूपमा अभाव उत्पन्न भइसकेको छ ।

ईयूका सदस्य देशमा ग्यास भण्डारण क्षमताको कम्तीमा ६० प्रतिशत हुनुपर्ने भए पनि पछिल्लो समय त्यो कायम छैन । भण्डार ननाघेको अवस्थामा इन्धन संकट हुँदा ईयूको स्टकबाट लिन सकिने व्यवस्था छ । त्यसो त, युरोपेली आयोगका देशहरूले ईयूको स्टकबाट लिने मात्रै नभई दिनुपर्ने नियम पनि छ । तर कतिपय देशले अपर्याप्त स्टक र आपूर्ति समस्याका कारण स्टकका लागि ग्यास दिन नसकिएको जनाएका छन् ।

युरोपेली संघका सदस्य राष्ट्रमध्ये फ्रान्स सबैभन्दा बढी स्टक भएको देश हो । फ्रान्ससँग ९२ प्रतिशत स्टक छ । तर फ्रान्सका राष्ट्रपति एमानुयल म्याक्रोंले नै जाडोयाममा लोडसेडिङ हुन सक्ने चेतावनी दिइसकेका छन् । पछिल्लो समय सबैभन्दा बढी ऊर्जा संकट जर्मनीमा छ । जर्मनी युरोपेली संघको सबैभन्दा बढी रुसी ग्यासमा निर्भर देश हो । ४० प्रतिशत रुसी इन्धनमा भर परेको यो देशमा जाडोयाममा निकै संकट हुने देखिएको छ ।

रुसी इन्धन बन्द भएसँगै युरोपेली संघमा ग्यासका मूल्यहरू दस गुणाभन्दा बढीले वृद्धि भएको छ । युरोपका केही देशमा ऊर्जाको मूल्य यस वर्ष तीन सय प्रतिशतसम्म बढेको छ । जर्मनीमा बिजुलीको मूल्य प्रतिमेगावाट ९९५ युरो पुगेको छ भने फ्रान्समा ११ सय युरोभन्दा बढी पुगेको छ । यो गत वर्षको तुलनामा दस गुणा बढी हो ।

कान्तिपुर दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको