Like us!
Follow us!
Connect us!
Watch us!

कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, ०५ : २५ मा प्रकाशित

कुनै पनि उद्योगमा लोडसेडिङ छैन : कुलमान

नेपाल विद्युत प्राधिकरणले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नरहेको दाबी गरेको छ । 

बुधबार उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङको समस्या नरहेको प्रष्ट पारे ।

केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उनको भनाइ छ ।

‘अहिले कुनै उद्योगलाई लोडसेडिङ छैन,अपर्झट आएको समस्या हो, त्यो एक/दुई दिनमा समाधान भयो,’ उनले भने । विद्युत्को खपत बढाउन उद्योगको थप ६०० मेगावाट डिमान्ड स्वीकृति गरिएको उनले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको