Like us!
Follow us!
Connect us!
Watch us!

ओभरसोल्ड जोनमा आईपुग्यो सानिमा माई हाइड्रो, लगानी गर्न कति सुरक्षित ?

अर्थ संसार

सोमबार, २७ भदौ २०७९, १६ : ४३ मा प्रकाशित

ओभरसोल्ड जोनमा आईपुग्यो सानिमा माई हाइड्रो, लगानी गर्न कति सुरक्षित  ?

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्जमा जलविद्युत समूह अन्तर्गत सूचीकृत भएकाे एक पब्लिक कम्पनी हाे ।

कम्पनीकाे परिचय :

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेड एउटा पब्लिक कम्पनी हो । याे कम्पनी २२ मेगावाटको माई जलविद्युत आयोजना र ७ मेगावाटको माई क्यास्केड जलविद्युत आयोजनाको विकास र सञ्चालनका लागि २०६५ मा स्थापना भएको थियो । माई जलविद्युत आयोजनाले माई नदीको करिब २३ क्युसेक पानी प्रयोग गरेर २२ मेगावाट उत्पादन गर्छ भने माई जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानी प्रयोग गरेर माई क्यास्केड जलविद्युत आयोजनाले ७ मेगावाट उत्पादन गर्छ । सानिमा माई हाइड्रोपावरद्वारा सञ्चालित दुवै आयोजना इलामको माई नगरपालिकामा रहेका छन् ।

सानिमा माई हाइड्रोपावरलाई वि.सं २०६८ साल चैत्र ३ गतेबाट पब्लिक कम्पनीमा रूपान्तरण गरिएको थियो । माई जलविद्युत आयोजना र माई क्यास्केड जलविद्युत आयोजनाको व्यावसायिक सञ्चालन क्रमशः १४ फागुन २०७१ र २९ माघ २०७२ मा हासिल भएको थियो । सानिमा माई हाइड्रोपावर नेपालको एक उत्कृष्ट जलविद्युत कम्पनी मानिन्छ र सानिमा हाइड्रो ग्रुपले विकास गरि रहेका विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गरेको छ ।

कम्पनीकाे लगानी :

कम्पनीकाे वित्तीय अवस्था :

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५४ करोड ५ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९८ प्रतिशत बढी हो । अघिल्लो यसले ४० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ९.९६ प्रतिशतले बढेर ९३ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको प्लान्ट सञ्चालन खर्च १२.६१ प्रतिशतले बढेर ८ करोड ९३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल मुनाफा ९.६९ प्रतिशतले बढेको छ । यसको वित्तीय आम्दानी ३०५.३१ प्रतिशतले बढेर ३ करोड ९० लाख रुपैयाँ पुगेको छ । कम्पनीको व्यवस्थापन तथा अन्य सञ्चालन खर्च ०.०६ प्रतिशतले बढेर १७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । कम्पनीकाे चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख रूपैयाँ, रिटेन्ड अर्निङ्ग ९१ करोड ७० लाख रुपैयाँ र जगेडा कोषमा ९४ लाख १३ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ९९ पैसा रहेको छ ।

सेयर बजारमा नेपाल हाइड्राेकाे स्थान :

सेयर बजारमा सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको ३ कराेड ८ लाख ९२ हजार ५ सय १० कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयरमूल्य २ सय ७५ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ६ सय ९ रूपैयाँ र न्युनतम २ सय ६९ रूपैयाँमा कारोबार भएको छ । 

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य ३ सय ३१ रूपैयाँ ३६ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य घटेकाे छ । कम्पनीको सर्वाधिक मूल्य हेर्ने हाे भने पनि अहिले यसकाे मूल्य घटेकाे छ । कम्पनीकाे एक वर्षकाे सर्वाधिक मूल्य ६ सय ९ रूपैयाँ रहेकोमा अहिले यसको मूल्य जम्मा २ सय ७५ रूपैयाँ छ ।

कम्पनीकाे लाभांश इतिहास :

कम्पनीकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे भने सबैभन्दा कम ५.२६३२ प्रतिशत लाभांश वितरण गरेकाे छ । कम्पनीले हालसम्म ५ वटा आर्थिक वर्षमा लाभांश वितरण गरेकाे छ । 

आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई  चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीकाे व्यवस्थापन 

कम्पनीकाे हरेक अवस्थाहरूमा व्यवस्थापन पक्षकाे ठूलाे भुमिका हुने गर्दछ । कम्पनीकाे नाफा/घाटा, राम्राे/नराम्राे यस्ता सबै कुराहरू व्यवस्थापन पक्षसँग जाेडेर हेरिने भएकाले आफूले लगानी गर्ने कम्पनीकाे व्यवस्थापनकाे बारेमा पनि जान्नु जरूरी हुन्छ ।

हाल कम्पनीकाे अध्यक्षमा टेक राज निराैला रहेका छन् । कम्पनीकाे सञ्चालकमा खेमराज लामिछाने, सीम्रन कुमारी भीमसारीया, टुक प्रसाद पाैडेल, भरत कुमार पाेखरेल र हितमान गुरूङ रहेका छन् । कम्पनीकाे स्वतन्त्र सञ्चालकमा महेश घिमिरे रहेका छन् ।

कम्पनीकाे प्राविधिक विश्लेषण 

सानिमा माई हाइड्रोपावरको सेयर अहिले ओभरसोल्ड जोनमा आईपुगेको छ। कम्पनीले आर्थिक वर्ष ०७८/७९ को लाभांश स्वरुप ५% नगद लाभांश मात्रै दिने भएपछि कम्पनीको सेयर मूल्यमा निकै गिरावट आएको छ। लाभांश घोषणा गर्नुअघि ३१५ रुपैंयाको हाराहारीमा कारोबार भईरहेको एसएचपिसीको सेयर आज २७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। केहि दिनको अन्तरालमै एसएचपीसीको सेयर मूल्य ४० रुपैँया भन्दा धेरैले खसिसकेको छ।  

कम्पनीले लाभांश घोषणा गरेकै दिन मूल्यमा निकै ठूलो गिरावट आएको थियो। सो दिन निकै ठूलो कित्ता कारोबार पनि भएको थियो। त्यसपछि कारोबार रकम पनि घट्दै गएको छ। मूल्य घट्दै जाँदा कारोबार कम हुँदै जानुले रिभर्सलको संकेत गर्दछ।  

इन्डिकेटरहरुले के देखाईरहेका छन् ?

आरएसआई
एसएचपीसीको डेली चार्टमा आरएसआई लगाएर हेर्ने हो भने आरएसआई २२.९४ को लेभलमा आइसकेको छ। आरएसआई ३० भन्दा तल खस्नुलाई सो कम्पनीको सेयर ओभरसोल्ड जोनमा गएको मानिन्छ। बजारमा बेच्नेहरुको संख्या लगभग सकीईसकेको र अब सेयर मूल्य बायरहरुको कन्ट्रोलमा आउन सक्ने संकेत आरएसआईले गरेको छ।  

बुलिंगर ब्याण्ड
एसएचपिसीको सेयर मूल्य ३१० भन्दा तल लाग्दै गर्दा डेली चार्टमा बोलिंगर ब्याण्डको लोअर ब्याण्डलाई मोडिफ़ाइ गर्दै सेयरमूल्य तलतिर लागेको थियो। अहिले बुलिंगर ब्याण्डको लोवर ब्याण्डलाई पनि छोडेर मूल्य तलतिर लागेको छ। यसले मूल्यमा रिभर्सल आउन सक्ने सङ्केत गर्दछ।  

यसअघि केहि समयअघि नेप्से परिसूचक १८०७ को बिन्दुमा आईपुग्दा एसएचपीसीको सेयर मूल्य २६८ सम्म झरेको थियो। अहिले बजार १९१० को हाराहारीमा हुँदै गर्दा एसएचपीसीको सेयर मूल्य फेरी सोहि एरियामा आईपुगेको छ। २७० को एरिया निकै बलियो सपोर्टको एरिया भएको र आरएसआई पनि २० कै हाराहारीमा आइसकेको हुँदा यो कम्पनीको सेयरमूल्य छोटो समयमै जसरी घटेको थियो त्यसरी नै घट्न सक्ने सम्भावना प्रबल देखिन्छ। आज सोमबारको दिनको क्यानडलले पनि ट्रेण्ड रिभर्सलको सङ्केत गरेको हुँदा यदि भोलि २७७ भन्दा माथि क्लोजिंग हुने देखियो भने एसएचपीसीको सेयर शर्ट टर्म ट्रेडको लागि पनि खरिद योग्य रहेको देखिन्छ भने निकै राम्रो आधारभूत अवस्था रहेको यो कम्पनी दिर्घकालिन लगानीको लागि किन्दा पनि उपयुक्त नै देखिन्छ। 

कम्पनीमा लगानी कति सुरक्षित ?

समग्रमा सानिमा माई हाइड्रोपावरलाई हेर्दा लगानीकर्ताहरूले याे कम्पनीलाई रूचाएका छन् । कम्पनीकाे व्यवस्थापकीय तथा वित्तीय पक्ष बलियाे रहनुका साथै कम्पनीकाे भावी याेजना पनि स्पष्ट छन् । 

कम्पनीकाे मूल्य आम्दानी अनुपात (पिई रेसियो) १५.५४ गुणा रहेकाे छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियोलाई मात्र आधार बनाएर हेर्ने हो भने अहिले यो कम्पनीमा गरिने लगानी सुरक्षित देखिन्छ तर लगानी गर्दा लगानीकर्ताहरूले पिई रेसियो मात्र नभएर कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ ।  

पछिल्लाे समय सेयर बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढिरहेकाे छ । हाइड्राेपावरमा लगानी गर्न चाहाने लगानीकर्ताहरूले याे हाइड्राेपावरमा लगानी गर्न पनि सुरक्षित नै देखिन्छ । कम्पनीकाे नाफा, जगेडा काेष, ईपीएसहरू सकारात्मक छ । 

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको