Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोले गर्याे लाभांश घाेषणा, बुकक्लाेज कहिले ?

अर्थ संसार

मंगलबार, २१ भदौ २०७९, १० : ५२ मा प्रकाशित

सानिमा माई हाइड्रोले गर्याे लाभांश घाेषणा, बुकक्लाेज कहिले ?

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको हिजाे (भदाै २० गते, साेमबार) बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ   । कम्पनीले एघाराैँ वार्षिक साधारण सभा कार्तिक २ गते बुधबार गर्ने निर्णय गरेकाे छ । 

त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असाेज १२ गते एक दिनका लागि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, असाेज ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6316d710b50f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको