Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, ०७ : ३२ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज पुस ८ गते, सोमबार तोकिएको छ। कम्पनीले पुस ९ गते बुकक्लोज गर्दैछ, जसअनुसार आज पुस ८ गतेभित्र नेप्सेमा कारोबार गरी सेयरधनी भएका व्यक्तिहरूले साधारण सभामा सहभागी हुन तथा घोषणा गरिएको लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर तिर्नका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

लाभांश स्वीकृतिका लागि कम्पनीले पुस २८ गते साधारण सभा आयोजना गर्ने तयारी गरेको छ। यो सभा काठमाडौँको सुकेधारास्थित सेलिब्रेशन हाईटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको