Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, ०८ : १४ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन

सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा र लाभांश वितरणको तयारीका लागि बुकक्लोज गरेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ समायोजित मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयर समायोजन गरेर नयाँ मूल्य निर्धारण गरेको छ। समायोजनपछि कम्पनीको सेयरमूल्य ४८८ रुपैयाँ १८ पैसा कायम भएको छ। यो मूल्य अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ५३७ रुपैयाँलाई आधार मानेर निर्धारण गरिएको हो।

यस समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार सुरु हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको