Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको नाफामा सामान्य गिरावट, बिद्युत बिक्रि आम्दानी ५० करोड

अर्थ संसार

सोमबार, २३ माघ २०७९, ०८ : ०५ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको नाफामा सामान्य गिरावट, बिद्युत बिक्रि आम्दानी ५० करोड

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा सामान्य गिरावट आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा ३२ करोड ९२ लाख ५४ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा ११.३६ प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ३७ करोड १४ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १२.४२ प्रतिशतले घटेर ५० करोड ४९ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ५७ करोड ६५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार १ अर्ब ११ करोड रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १० रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ १९ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको