Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

सोमबार, १८ असोज २०७८, ०६ : ५९ मा प्रकाशित

सानिमा माई हाइड्रोपावरको सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावरको कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४०६ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले आईतबारको अन्तिम कारोबार मूल्य ४४७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । आजको कारोबारमा कम्पनीको समायोजित मूल्यमा कारोबार खुल्ने छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले आज असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले हिजो असोज १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको दशौँ वार्षिक साधारण सभा कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चोक, काठमाडौँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको