Like us!
Follow us!
Connect us!
Watch us!

श्रृजनशील लघुवित्तको नाफामा ब्यापक गिरावट, ६३ रुपैयाँले घट्यो ईपीएस

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, ०७ : ४४ मा प्रकाशित

श्रृजनशील लघुवित्तको नाफामा ब्यापक गिरावट, ६३ रुपैयाँले घट्यो ईपीएस

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा गिरावट आएको देखिन्छ ।

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले १ करोड ६५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४९.४८ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले ३ करोड २७ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ४९.४८ प्रतिशतले घटेर २ करोड ३६ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ४ करोड ६८ लाख ४६ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ३०.९३ प्रतिशतले घटेर ६ करोड १३ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा १० करोड ४५ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ३० रुपैयाँ २९ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २४९ रुपैयाँ ६८ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको