Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालको नगद लाभांश सेयरधनीको खातामा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

शुक्रबार, १२ फागुन २०७९, ०६ : २० मा प्रकाशित

बोटलर्स नेपालको नगद लाभांश सेयरधनीको खातामा जम्मा, नआए के गर्ने ?

बोटलर्स नेपाल लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको पुस २७ गते सम्पन्न भएको ४४ औँ वार्षिक साधारण सभाले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको २० प्रतिशत नगद लाभांश(कर काटेर) माघ २३ गतेदेखि नै सेयरधनीहरूको खातामा पठाइएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचनाः

63f8075c1746b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको