Like us!
Follow us!
Connect us!
Watch us!

काकाको लगानी वर्ष २०८०: बजारमा सप्लाई यति कम भइसक्यो मान्छे सेयर बेच्न राजी छैनन् (भिडियो)

अर्थ संसार

शनिबार, ३० भदौ २०८०, १५ : २४ मा प्रकाशित

सेयर विश्लेषक केशव कोइराला (काका) ले बजार १८०० भन्दा तल खस्ला भनेर आफूले कल्पना पनि नगरेको बताएका छन्। वि.सं २०८० लाई लगानी वर्ष घोषणा गरेका उनले अर्थ संसारमा प्रसारण हुने 'काकाको लगानी वर्ष २०८०' को भाग ६ मा बोल्दै उनले अहिले पटक बजार १९०० भन्दा तल खसेर १८५० मा आइपुग्दा जुन किसिमको भोल्युम / सप्लाई आउथ्यो त्यो किसिमको सप्लाई अहिले १०० पोइन्ट माथि लागेको जस्तो आफुलाई लागेको विश्लेषण गरेका छन्। 

बजार बुलिस चरणमा प्रवेश गर्यो भन्दैमा ठूला ठूला पैसा पस्ने होइन 

बजारमा लगानीकर्ताको विश्वास फर्कन समय लाग्ने तर्क गर्छन काका। "अहिले पनि धेरै लगानीकर्ताहरु आत्तिएर बजारमा बसेको छन् र अलिकति बजार बढ्ने बित्तिकै बेचिहाल्छन" भन्छन लगानीकर्ता कोइराला। पहिले इन्भेस्टरहरु धेरै हुने ,सेयर होल्ड गर्ने ,बजार घट्दा पनि एक किसिमको विश्वास फर्किदै जाने र बजार स्थिर हुदैँ जाने गरेको तर पहिलेको बियरिस बजारहरु भन्दा अहिले बजारमा ट्र्डेरहरुको संख्या एक्दम धेरै रहेको कारण ट्रडेरहरुको स्टप लस गर्ने प्रवृतिका कारण पनि बजार बढि झरेको काकाको बुझाई छ । 

राइटका कारण हाइड्रोका मूल्य घट्यो 

यो बियरिस बजारमा हाइड्रोका सेयर १०० तल देख्ने सम्भावना आफुले कम देखेको बताएका छन्। अधिल्लो बियरिसमा अधिकाश हाइड्रो १०० मुनि रहेको तर अघिल्लो बुल नै हाइड्रोमा आएको कारण पनि आउने सम्भावना कम देखेको कोइरालाको तर्क गर्छन।  तर अहिले बजार र हाइड्रोको इन्डेस घट्नुको कारण भने हकप्रद घोषणा नै रहेको बुझाई काकाको रहेको छ। पहिले पहिले हकप्रद घोषणा गर्ने बित्तिकै उक्त कम्पनीको मूल्य बढ्ने गरेको र अहिले तेस्को उल्टो हुने गरेको र यो बजारलाई राम्रो भएको विश्वास उनको छ। जुन राइट सेयरको लिस्टिङ्ग पछि बजार घट्ने हो अहिले त्यो किसिमको घटाई हकप्रद घोषणाको भोलिपल्टै देखि हुने गरेको उनी बताउँछन् । 

सरकारले चाहेको दिन १२ करोडका हट्न सक्छ 

अर्थमन्त्रीले चाहने हो भने १२ करोडको सिमा खारेज गर्न सकिने तर्क गर्छन काका । राष्ट्र बैंकको संचालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधिको बहुमत रहेको अवस्थामा त्यहाँबाट भएको निर्णय गभर्नर एकजनाले मान्दिन भनेर भन्न सक्ने अवस्था नरहेको उनको बुझाई छ । तेसैले अर्थमन्त्रीले पब्लिक फोरममा १२ करोडको सिमा हटाउनु पर्ने कुरा बोल्नु केबल सार्वजनिक उपभोगलाई मात्र भएको र इच्छा शक्ति भए उक्त सिमा हटाउन सकिने बताए। तर गत २ वर्ष देखि भाषणको पछि नलाग्ने र गरेर देखाउन बताएका छन्। 

हेर्नुहोस अन्तर्वार्ता भिडियोमा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको