हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
कम्पनीले ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएर कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस