Like us!
Follow us!
Connect us!
Watch us!

बजार दौडिनलाई मौद्रिक नीतिको समिक्षाले शक्ति दिएको छ : काका

अर्थ संसार

सोमबार, ०१ जेठ २०८०, १२ : २० मा प्रकाशित

अहिले सेयर किन्ने बेला रहेको सेयर बजारका चर्चित विश्लेषक केशव कोइराला (काका) बताउँछन् । अर्थ संसारको नयाँ कार्यक्रम काकाको लगानी वर्ष २०८० को दोश्रो श्रृङ्खलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

हालै राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षाको बारेमा बोल्दै उनले भने, "दौडिरहेको गाडीलाई रोक्नको लागि ब्रेक धेरै दिनुपर्छ, दौडिएको गाडी ब्रेक थिच्दाथिच्दै पनि निकै पर जान्छ । बसिरहेको गाडीलाई दौडाउनको लागि निकै ठूलो बल लगाउनुपर्छ, १ नम्बर गियरमा तान्नुपर्छ ४ नम्बर गियरमा तानेर तानिँदैन । भनाईको मतलब बुलिस बजार हुन्छ नी जब टपमा हुन्छ नियामक निकायले सिधै सम्बोधन नगरीकन घुमाउरो पाराले बजार झार्न हरेक तरले प्रयास गर्छन् नी त्यही पनि सफल हुँदैन । अहिले बजार सुतिसकेको अवस्थामा छ । मौद्रिक नीतिमा नराम्रो त केही पनि छैन, केही राम्रा कुराहरू आए त्यो प्रत्यक्ष रूपमा आएन, अप्रत्यक्ष त छ नी । त्यो अप्रत्यक्षले सुतिरहेको बजारलाई उठाउन बल नपुगेको मात्रै हो तर शक्ति चाहीँ सञ्चय गरिराखेको छ । एकैचोटी त उफ्रिँदैन नी । ब्याजदर घट्दै छ । अरू कुराहरू पनि मिल्दो अवस्थामा छ । बजार दौडिनलाई राष्ट्र बैंकको यो मौद्रिक नीतिको समिक्षाले शक्ति दिएको छ । एकैचोटी उफ्रिनलाई शक्ति नदिएको हो तर भोलि उफ्रिनलाई यो नीतिले धेरै छुटहरू दिएको छ ।"

बजेट भाषणले बजारलाई सकारात्मक प्रभाव पार्छ

आगामी बजेट भाषणले पनि अप्रत्यक्ष रूपमा सेयर बजारलाई सकारात्मक कुराहरू दिनसक्ने उनले बताए । बजार बढ्नलाई पैसा चाहिने र त्यो पैसाको बहावलाई बजेटले सम्बोधन नगरे पनि समग्र अर्थतन्त्र सुधारका लागि सरकार सकारात्मक देखिएको उनको विश्वास छ । अर्थमन्त्री आर्थिक गतिविधीहरू वृद्भि गर्न सकारात्मक देखिएका र आर्थिक गतिविधी वृद्धि हुँदा मनिटरी एक्टिभिटिज् पनि वृद्धि हुने हुँदा सेयर बजारलाई अप्रत्यक्ष रूपमा बजेटले सकारात्मक प्रभाव पार्ने उनले स्पष्ट पारेका छन् ।

नयाँ स्टक खोल्नुमा पैसा खाने स्वार्थ

नेपालको धितोपत्र बजारमा एकदमै थोरै कम्पनीहरू सूचिकृत रहेका र त्यसमा पनि संस्थागत भन्दा पनि ९५ प्रतिशत कम्पनीहरू सरकार संबद्ध रहेका हुनाले नयाँ स्टक एक्सचेञ्ज स्थापना गर्नुभन्दा अहिले भइराखेकै स्टक एक्सचेञ्जलाई सुधार गर्नुपर्ने उनी बताउँछन् । अहिलेको स्टकलाई सुधार्न कोही नचाहाने र नयाँ स्टक खोल्न सरकारदेखि सेबोन सबै तम्तयार देखिनुमा लाईसेन्स बाँडेर पैसा खाने स्वार्थ लुकेको उनको आरोप छ ।

अब लगानीकर्ता डराउनु हुँदैन, सेयर किन्न थाल्नु पर्छ

कुराकानीकै क्रममा बजारको अहिलेको विन्दु नै चरम बियरिसको बटम हो भनेर ठ्याक्कै यकिन गर्न नसकिए पनि यसैको छेउछाउ चाहीँ बटम हुनसक्ने आफूलाई पनि लाग्न थालेको उनले बताए । उनी भन्छन्, "बजार यहाँबाट तल झर्दै झर्दैन भन्न सकिँदैन तर झरे पनि धेरै तल झर्दैन । केही तल झरेर बजारले एउटा नयाँ बटम बनाउला त्यसपछि फेरि अर्को बुलिस चरण सुरू होला जस्तो लाग्छ । तर बुलिस चरण सुरू हुने बितिक्कै एकैचोटी भटाभट बढेर जाने भने हुँदैन । केही महिनासम्म बजार साइडवेजमा जाला, केही महिना एकुमुलेसन होला त्यसपछि चाहीँ बजार अप ट्रेन्ड नै जान्छ । भनाईको मतलव अब हामी डराउनु हुँदैन । बिस्तारै बटम लागिसकेका कम्पनीहरू छानेर, अध्ययन गरेर, जान्ने बुझ्ने सज्जन व्यक्तिहरूलाई सोधेर सेयर किन्न थाल्नु पर्छ । राम्रा कम्पनीकाे सेयर किनेर बजार जति नै तल झरेपनि म याे सेयर ३ वर्ष हाेल्ड गर्न सक्छु भन्ने विश्वास हुनुपर्छ । ३ वर्ष पछि गुणाकाे हिसाबले कमाउन सकिन्छ ।"  

काकासँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको