Like us!
Follow us!
Connect us!
Watch us!

नेटवर्थ अब्बल रहेको स्वावलम्बन लघुवित्तको नाफामा भने सामान्य गिरावट

अर्थ संसार

बुधबार, १२ बैशाख २०८१, ०९ : ३० मा प्रकाशित

नेटवर्थ अब्बल रहेको स्वावलम्बन लघुवित्तको नाफामा भने सामान्य गिरावट

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानी घट्दा कम्पनीको नाफामा पनि गिरावट भएको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद नाफामा सामान्य गिरावट भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ११ करोड ८६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले १२ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब १.३५ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी

तेस्रो त्रैमाससम्ममा लघुवित्तले एक अर्ब २ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष एक अर्ब ४ करोड रहेको थियो । यो करिब २.२७ प्रतिशतको गिरावट हो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १६ करोड ९० लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा १७ करोड १९ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब १.६५ प्रतिशतले घटेको हो ।

खराब कर्जा अनुपात

अघिल्लो वर्ष १२.९८ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष घटेर १०.८८ प्रतिशत  पुगेको छ।

इम्पेरमेन्ट चार्ज

तेस्रो त्रैमासिकसम्ममा लघुवित्तले इम्पेरमेन्ट चार्ज बापत् कुल ३८ करोड ५७ लाख रुपैयाँ छुट्ट्याएको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले ९ करोड ३२ लाख ४७ हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज भनी छुट्ट्याएको हो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ११ करोड ५७ लाख १८ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

११.०२ रुपैयाँ

मूल्य आम्दानी अनुपात 

७०.३४ गुणा (अन्तिम मूल्य ७७५ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

२१९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको