Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँ महानगरले लोकसेवाको तयारी कक्षा संचालन गर्ने

अर्थ संसार

शनिबार, २२ बैशाख २०८१, ११ : १८ मा प्रकाशित

काठमाडौँ महानगरले लोकसेवाको तयारी कक्षा संचालन गर्ने

काठमाडौँ महानगरले लोकसेवा आयोगको शुल्क तयारी कक्षा संचालन गर्ने भएको छ ।

महानगरले एक सूचना प्रकाशित गर्दै महानगरभित्र स्थायी बसोवास भएका, योग्य उम्मेदवारका लागि लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने जानकारी दिएको हो ।

महानगरले आवश्यक प्रमाण पत्रसहित सात दिनभित्रआवेदन दिन आव्हान गरेको छ ।

महानगरले आवेदनसँग नागरिकताको फोटोकपी, स्थायी बसोवास गरेको प्रमाण पत्र, खरिदार र नासु स्तरको कक्षाका लागि कक्षा १२ पास गरेको प्रमाण पत्र  र अधिकृतका लागि स्नातक तहको शैक्षिक प्रमाण पत्र पेस गर्न आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको