Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत बिक्रीको आम्दानी घट्दा पनि मान्डु हाइड्रोको नाफामा वृद्धि, इपिएस २१.६६ रुपैयाँ

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ४२ मा प्रकाशित

विद्युत बिक्रीको आम्दानी घट्दा पनि मान्डु हाइड्रोको नाफामा वृद्धि, इपिएस २१.६६ रुपैयाँ

मान्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घट्दा पनि वित्तीय खर्च न्यून हुँदा कम्पनीको नाफामा वृद्धि भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद नाफा २२ करोड १५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको नाफा १९ करोड ७२ लाख रुपैयाँ रहेको थियो । खुद नाफा करिब १२.३ प्रतिशतले बढेको हो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५८ करोड २० लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५९ करोड ८५ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १६ करोड ६७ लाख रुपैयाँ कमाएको छ ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म हाइड्रोको सञ्चालन मुनाफा ५० करोड ४० लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ५२ करोड ७३ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ४.४ प्रतिशतले घटेको हो ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् ५ करोड ४ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल १७ करोड १३ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २२ करोड १५ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

२१.६६ रुपैयाँ

मूल्य आम्दानी अनुपात

३५.५४ गुणा (अन्तिम मूल्य ७७० रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१४३ रुपैयाँ ५३ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको