Like us!
Follow us!
Connect us!
Watch us!

सिंगटी हाइड्रो २३ करोड घाटामा, अवितरित हकप्रद लिलामीबाट उठायो २५ करोड प्रिमियम

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, ०९ : ०४ मा प्रकाशित

सिंगटी हाइड्रो २३ करोड घाटामा, अवितरित हकप्रद लिलामीबाट उठायो २५ करोड प्रिमियम

सिंगटी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यसै त्रैमासमा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद लिलामीबाट २५ करोड रुपैयाँ भन्दा बढी प्रिमियम रकम उठाएको छ जसकारण नेटवर्थ बढेर १००.७१ रुपैयाँ पुगेको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद घाटामा वृद्धि भएको छ । यस त्रैमाससम्म हाइड्रोको खुद घाटा २३ करोड ३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो । खुद घाटा करिब ६६.६३ प्रतिशतले बढेको हो ।

विद्युत उत्पादनबाट आम्दानी

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५३ करोड ७२ लाख रुपैयाँ खूद आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५१ करोड ९९ लाख रहेको थियो । यो त्रैमासमा हाइड्रोले विद्युत उत्पादनबाट १० करोड ८ लाख रुपैयाँ कमाएको छ ।

वित्तीय खर्च

तेस्रो त्रैमासिकमा मात्रै हाइड्रोले वित्तीय खर्च बापत् ११ करोड ३ लाख रुपैयाँ तिरेको छ । यो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले कुल ३६ करोड ८६ लाख रुपैयाँ वित्तीय खर्च भुक्तान गरेको छ ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २३ करोड ३ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रति सेयर आम्दानी

(१.११) रुपैयाँ

मूल्य आम्दानी अनुपात

-१५७.८९ गुणा (अन्तिम मूल्य १५९ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१०० रुपैयाँ ७१ पैसा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको