Like us!
Follow us!
Connect us!
Watch us!

खुद ब्याज आम्दानीमा वृद्धि हुँदा साधना लघुवित्तको नाफामा उछाल, कति छ प्रति सेयर आम्दानी ?

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, ०८ : २१ मा प्रकाशित

खुद ब्याज आम्दानीमा वृद्धि हुँदा साधना लघुवित्तको नाफामा उछाल, कति छ प्रति सेयर आम्दानी ?

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । इम्पेयरमेन्ट चार्ज बापतको रकम रिभर्सल हुँदा तथा ब्याज आम्दानीमा सुधार आउँदा कम्पनीको नाफामा उल्लेख्य वृद्धि भएको हो ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ६ करोड १२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले एक करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब ३.६५ गुणाले बढेको हो ।

खुद ब्याज आम्दानी

तेस्रो त्रैमाससम्ममा लघुवित्तले २१ करोड २४ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १६ करोड ८७ लाख रहेको थियो । यो करिब २५.९० प्रतिशतको वृद्धि हो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चालन मुनाफा ८ करोड ७४ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा एक करोड ८७ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब ३.६५ गुणाले बढेको हो ।

खराब कर्जा अनुपात

अघिल्लो वर्ष ३.७७ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर ४.१ प्रतिशत  पुगेको छ ।

इम्पेयरमेन्ट चार्ज

तेस्रो त्रैमासिकसम्ममा लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत् कुल ७ लाख २३ हजार रुपैयाँ छुट्ट्याएको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीको ५७ लाख ६९ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्सल भएको हो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा २ करोड १९ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी

२१.२५ रुपैयाँ (वार्षिकीकृत)

मूल्य आम्दानी अनुपात 

३४.४२ गुणा (अन्तिम मूल्य ७३५ रुपैयाँ)

प्रति सेयर नेटवर्थ

१४८.०८ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको