Like us!
Follow us!
Connect us!
Watch us!

वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १९ : ५५ मा प्रकाशित

वीरगन्जका विद्यालयमा फेरि तीन दिन विदा

अत्यधिक गर्मी बढेर जनजीवन नै अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि विदा दिएको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिका नगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहने निर्णय गरेको हो । यसअघि महानगरपालिकाले जेठ १६ देखि १८ गतेसम्म गर्मी विदा दिएको थियो ।

बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद भट्टराईले सूचना जारी गर्दै हाल गर्मी बढिरहेको र अबका केही दिन अझ गर्मी बढ्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गरी बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै विद्यालयमा जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी विदा दिने निर्णय गरिएको जनाएका छन् ।

6669ac6704d74.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको