अर्थ संसार
काठमाडौं–नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आफ्नो स्थापना दिवसको अवसर पारेर दुईजना आर्थिक पत्रकारलाई सेजन अवार्ड प्रदान गरेको छ ।
अवार्ड पाउनेहरुमा छापा माध्यमबाट हिमाल मिडियाका रमेश कुमार र विद्युतीय सञ्चार माध्यमबाट रेडियो कान्तिपुरका किरण अधिकारी छन् । वर्षभरी उत्कृष्ट आर्थिक समाचार संम्प्रेषण गर्ने दुई पत्रकारहरुलाई सेजनले आफ्नो स्थापनाको अवसर पारेर सेजन अवार्ड दिने गरेको छ । आज सेजनको १९ औ स्थापना दिवस हो ।
त्यस्तै एचवीएल–सेजन आर्थिक पत्रकारिता फेलोशिपका लागि चार जना छनौट भएका छन् । ती पत्रकारमा अनलाइनबाट उद्धव थापा, अंग्रेजी दैनिकबाट सागर घिमिरे, टेलिभिजनबाट सुनिता कार्की र नेपाली पत्रिकाबाट विनय बञ्जरा छनौट भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस