Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राको नाफा ९० करोडमा सीमित, अघिल्लो वर्षको तुलनामा करिब ९%ले घट्यो

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, ०८ : १७ मा प्रकाशित

निफ्राको नाफा ९० करोडमा सीमित, अघिल्लो वर्षको तुलनामा करिब ९%ले घट्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको नाफामा गत वर्षको तुलनामा उल्लेखनीय गिरावट देखिएको छ।

निफ्राले तेस्रो त्रैमाससम्म ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको समान अवधिमा कमाएको ९८ करोड ७३ लाख रुपैयाँभन्दा ८.८४ प्रतिशतले कम हो।


खुद ब्याज आम्दानीमा पनि झरप

बैंकको कुल ब्याज आम्दानी पनि यो वर्ष दबावमा परेको देखिन्छ। अघिल्लो वर्षको १ अर्ब ९५ करोड रुपैयाँको तुलनामा यो वर्ष निफ्राको खुद ब्याज आम्दानी २४.१२ प्रतिशतले घट्दै १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ।

त्यसैगरी, कम्पनीले १ करोड १३ लाख रुपैयाँ बराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ।


सञ्चालन नाफा १ अर्ब २८ करोड

आर्थिक सूचकांकअनुसार कम्पनीले सञ्चालन मुनाफा १ अर्ब २८ करोड १२ लाख रुपैयाँ कमाएको छ। यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।


निक्षेप र कर्जा प्रवाहमा स्थिरता

निफ्राले समीक्षावधिसम्म ७ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह २४ अर्ब ५० करोड रुपैयाँसम्म विस्तार गरेको छ।

रिजर्भ कोषमा कम्पनीले ३ अर्ब ८४ करोड रुपैयाँ सञ्चय गरेको छ, जसले बैंकको पूँजीगत स्थायित्व दर्शाउँछ।


प्रमुख वित्तीय सूचकहरू

  • ईपीएस (EPS): ५.५६ रुपैयाँ

  • प्रति सेयर कुल सम्पत्ति मूल्य: १६९.२६ रुपैयाँ

  • प्रति सेयर नेटवर्थ: ११७.८१ रुपैयाँ

  • पिइ रेसियो (P/E Ratio): ४९.७७ गुणा

  • तरलता अनुपात: ८१.०७ %

  • इक्विटीमा प्रतिफल (ROE): ४.९७ %


नाफा र ब्याज आम्दानीमा देखिएको घटावटले निफ्राको प्रदर्शनमा केही चुनौती देखिए पनि कर्जा विस्तार, रिजर्भ कोष तथा अन्य वित्तीय सूचकहरूबाट कम्पनी अझै पनि स्थायीतर्फ उन्मुख देखिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको