Like us!
Follow us!
Connect us!
Watch us!

भारतको बजार नियामक SEBI को छापा: ईभी बनाउने भनिएको जेन्सोलको प्लान्ट सुनसान

अर्थ संसार

सोमबार, ०८ बैशाख २०८२, ०८ : ०१ मा प्रकाशित

भारतको बजार नियामक SEBI को छापा: ईभी बनाउने भनिएको जेन्सोलको प्लान्ट सुनसान

भारतको बजार नियामक निकाय SEBI (Securities and Exchange Board of India) ले जेन्सोल इन्जिनियरिङ लिमिटेडको पुणेस्थित इलेक्ट्रिक गाडी उत्पादन प्लान्टमा कुनै उत्पादन गतिविधि नभएको पुष्टि गरेको छ।

SEBI ले २०२५ अप्रिल १५ (२०८१ वैशाख ३ गते) जारी गरेको प्रारम्भिक आदेशमा उल्लेख गरेअनुसार, प्लान्टमा नेशनल स्टक एक्सचेन्ज (NSE) का एक कर्मचारीको भ्रमणका क्रममा केवल दुई–तीन मजदुर मात्रै भेटिएका थिए र कुनै पनि उत्पादन भइरहेको थिएन।

विजुली खर्च हेरेर उत्पादन नभएको प्रमाण

SEBI को आदेश अनुसार, सो प्लान्टमा पछिल्ला १२ महिनाको विजुली खर्च महावितरण (Mahavitaran) बाट आएको विवरणमा सबैभन्दा धेरै मात्र रु १,५७,०३७ (२०२४ डिसेम्बर महिनामा) मात्र भएको देखिएको छ। यस्तो कम विजुली प्रयोगले प्लान्टमा कुनै उत्पादन गतिविधि नभएको संकेत गरेको सेबीले स्पष्ट पारेको छ।

प्लान्ट पट्टामा लिइएको जग्गामा रहेको र उत्पादन नहुनु लगानीकर्तालाई भ्रमित पार्ने कुरा भएको SEBI ले जनाएको छ।

३०,००० युनिट ईभी अर्डरको दाबी पनि भ्रामक

जेन्सोलले जनवरी २८, २०२५ मा भारतको स्टक एक्सचेन्जमा सूचना प्रकाशित गर्दै हालै प्रदर्शित नयाँ इलेक्ट्रिक गाडीका लागि ३०,००० युनिटको अर्डर प्राप्त भएको दाबी गरेको थियो। गाडीहरू भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा सार्वजनिक गरिएका थिए।

तर SEBI ले उक्त दाबीको छानबिन गर्दा वास्तवमा ९ वटा कम्पनीहरूसँग २९,००० युनिटका लागि केवल मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ (MoU) मात्र गरिएको पाइयो, न कि वास्तविक अर्डर।

लगानीकर्तालाई भ्रामक सूचना, सेबीको प्रारम्भिक निष्कर्ष

SEBI को प्रारम्भिक आदेश अनुसार, जेन्सोल इन्जिनियरिङ लिमिटेडले लगानीकर्तालाई भ्रामक सूचना दिएको, यथार्थ अवस्था लुकाएको, र बजारमा हेरफेर गर्न खोजेको आरोप लागिएको छ।

कम्पनी अनमोल सिंह जग्गीपुनीत सिंह जग्गीद्वारा प्रवर्द्धित हो।

भारतको SEBI ले यस विषयमा थप अनुसन्धान जारी राख्ने स्पष्ट संकेत दिएको छ।


यो समाचार एजेन्सीको सहयोगमा तयार पारिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको