नेपाली नयाँ वर्ष २०८२ लाई विशेष र स्मरणीय बनाउने उद्देश्यका साथ मिराया वेलनेस एण्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ।
चैत्र ३१, आइतबार साँझ देवचुलीस्थित मिरायामा विशेष अफर सहितको ‘नयाँ वर्ष सांस्कृतिक साँझु’ कार्यक्रम आयोजना हुने होटलले जनाएको छ । मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सीजी हस्पिटालिटी अन्तर्गत नवलपरासीमा सञ्चालनमा रहेको आतिथ्य गन्तव्य हो ।
नेपालको प्रिमियर इको(वेलनेस र गल्फ रिट्रिट गन्तव्यको रूपमा परिचित मिराया, सीजी शाश्वत धामको शान्त र सुन्दर परिवेशमा अवस्थित छ । हरियाली जंगल, पवित्र प्रकृति र आत्मिक उन्नतिको अद्भुत सम्मिश्रण भएको मिरायामा नयाँ वर्षको साँझ नेपाली मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्दै थारू समुदायको सांस्कृतिक जीवन्तता प्रस्तुत गरिनेछ। उक्त सांस्कृतिक साँझमा थारू समुदायको परम्परागत संगीत, रंगीन नृत्य र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिनेछन्।थारू संस्कृति र परम्परालाई नजिकबाट अनुभूति गराउने यो कार्यक्रम उन्नति कल्चर भिलेजको सहकार्यमा आयोजना हुँदैछ। अतिथिहरूलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुति मार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बीबीक्यू सहितको बफे डिनरको व्यवस्था गरिएको छ। स्वाद, संगीत र संस्कृतिको समिश्रणले नयाँ वर्षको सुरुआतलाई थप रमणीय बनाउनेछ।
मिरायाले यस विशेष साँझलाई अझ रोमाञ्चक बनाउन नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ। प्रति व्यक्ति ९ हजार ९ सय ९९ रूपैयाँ दरमा (कम्तीमा दुई जना) को लागि यो प्याकेज उपलब्ध हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ।
४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज ४ हजार रूपैयाँमा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरेमा निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ। डिनर मात्रको दर प्रतिव्यक्ति ६ हजार ५ सय र”पैयाँ नेट तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो। ४-१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको ३ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यो अफर आइतबारको रात एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवाहरूमा आगन्तुकहरूले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ। स्थान सीमित भएकाले इच्छुक अतिथिहरूलाई अग्रिम बुकिङ गर्न आयोजकले अनुरोध गरेका छन्।
मिराया वेलनेस एण्ड गल्फ रिसोर्टमा प्राकृतिक हरियाली र शान्त परिवेशबीच अवस्थित मिरायामा वेलनेस, योग र ध्यान, आयुर्वेदिक थेरापी, जंगल वाक, साइकलिङ, बर्ड वाचिङ, र आध्यात्मिक ध्यानमार्फत शरीर, मन र आत्माको सन्तुलन कायम गरिने अनुभव प्राप्त गर्न सकिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस