Like us!
Follow us!
Connect us!
Watch us!

युरोपेली संघद्वारा ट्रम्पको ट्यारिफ आक्रमणको प्रतिशोधमा २० अर्ब युरोभन्दा बढी अमेरिकी वस्तुमा शुल्क घोषणा

अर्थ संसार

बुधबार, २७ चैत्र २०८१, २० : ४६ मा प्रकाशित

युरोपेली संघद्वारा ट्रम्पको ट्यारिफ आक्रमणको प्रतिशोधमा २० अर्ब युरोभन्दा बढी अमेरिकी वस्तुमा शुल्क घोषणा

युरोपेली संघ (EU) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको व्यापारिक ट्यारिफको आक्रमणको जवाफस्वरूप बुधबार २० अर्ब युरोभन्दा बढी मूल्यका अमेरिकी वस्तुहरूमा प्रतिशोधात्मक शुल्क लगाउने निर्णय गरेको छ।

युरोपेली आयोगद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “यी प्रतिकात्मक कदमहरू जुनसुकै बेला स्थगित गर्न सकिन्छ, यदि अमेरिका निष्पक्ष र सन्तुलित समाधानमा सहमत हुन्छ भने।”

नयाँ ट्यारिफहरू अन्तर्गत सोयाबिन, मोटरसाइकल, सौन्दर्य सामग्री लगायतका थुप्रै प्रमुख अमेरिकी वस्तुहरूमा शुल्क लगाइने भएको छ। शुल्क संकलन यही अप्रिल १५ बाट सुरु हुने आयोगले जानकारी दिएको छ।

यि कदमहरू अमेरिका द्वारा गत महिना युरोपेली स्टील र एल्युमिनियममा लगाइएको शुल्कको जवाफस्वरूप लिइएको हो। युरोपेली संघले ट्रम्प प्रशासनको पछिल्लो ट्यारिफ घोषणाको थप प्रतिशोधबारे भने चाँडै निर्णय गर्ने तयारीमा रहेको जनाएको छ।

आयोगले थप स्पष्ट पारेको छ, “अमेरिकाका यी कदमहरू अनुचित, हानिकारक र विश्वव्यापी अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने खालका छन्।”

युरोपेली संघले बारम्बार स्पष्ट गर्दै आएको छ कि उसले एक सन्तुलित र आपसी लाभदायक सम्झौता चाहेको हो। तर, ट्रम्प प्रशासनले हालै युरोपेली संघका कारमा २५ प्रतिशत शुल्क लगाइसकेको छ भने अन्य वस्तुहरूमा समेत २० प्रतिशत पारस्परिक ट्यारिफ घोषणा गरिसकेको छ।

युरोपको पछिल्लो ट्यारिफ कदम दुई चरणमा लागु हुने छ। पहिलो चरणमा ट्रम्पको पहिलो कार्यकालमा तय गरिएको तर हालसम्म रोकिएको शुल्क सूची पुन: लागु गरिनेछ, जुन अप्रिल १५ बाट संकलन सुरु हुनेछ। दोस्रो चरणमा नयाँ उत्पादनहरूमा शुल्क लागु हुनेछ, जसमा अधिकांश ट्यारिफ मे महिनाबाट लागु हुनेछन् भने केही डिसेम्बरदेखि लागू हुने छन्।

यी प्रतिकात्मक कदमहरू २७ मध्ये २६ EU सदस्य राष्ट्रले समर्थन गरेका छन्, भने हङ्गेरीले विपक्षमा मतदान गरेको छ। ट्यारिफको सूची अमेरिकाको ट्रम्प समर्थक राज्यहरूलाई लक्ष्य गरी तयार पारिएको बताइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको