Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको पुनर्संरचनामा उच्चस्तरीय आयोगको जोड

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १५ : ३० मा प्रकाशित

नेप्सेको पुनर्संरचनामा उच्चस्तरीय आयोगको जोड

सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले नेप्सेको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई आयोगले बुझाएको अन्तिम प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो। प्रतिवेदनमा नेप्सेको पुनर्संरचना गरी पुँजीवृद्धि गर्नुपर्ने र निजी क्षेत्रलाई नेप्सेको शेयरमा सहभागिता गराउनुपर्ने सुझाव दिइएको छ।

सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)को पनि पुनर्संरचना गरी नेप्सेका अतिरिक्त अन्य संस्थालाई पनि शेयर सहभागिता गराई पर्याप्त जनशक्तिसहित धितोपत्रको सुरक्षित डिपोजटरी सेवा दिने व्यवस्था मिलाउन सरकारलाई आयोगले सुझाव दिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

धेरै पढिएको