अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निस्काशनका रोक लगाएको छ ।
सो कम्पनीले रु ३ करोड बराबरको ३ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको थियो । बोर्डले गत पुस ११ गते साधारण सेयर जारी गर्नका लागि अनुमति दिएको थियो ।
तर अन्तिम समयमा आएर साधारण सेयर जारी गर्न रोक लगाइएको छ । संस्थाले यही माघ ९ गते साधारण सेयर जारी गर्ने तयारी गरेको थियो ।
बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको सामुदायिक लघुवित्तले जानकारी दिएको छ ।
भोलि मंगलबारदेखि आईपीओ निष्कासन गरी शुक्रबार बन्द गर्ने संस्थाले तयारी गरेको थियो । बोर्डले अनुमति दिएपछि मात्र सेयर बिक्री गरिने सो संस्थाले उल्लेख गरेको छ ।
सो संस्थामा रु ७ करोड बराबरको संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको थियो । तर किन रोकियो भन्ने बारेमा भने बोर्ड र संस्था दुवैले केही बताएका छैनन् ।
यो पनि पढ्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस