Like us!
Follow us!
Connect us!
Watch us!

किन रोकियो सामुदायिक लघुवित्तको साधारण सेयर (आइपिओ ) ?

सोमबार, ०८ माघ २०७४, ११ : ०० मा प्रकाशित

किन रोकियो सामुदायिक लघुवित्तको  साधारण सेयर (आइपिओ ) ?

अर्थ संसार, काठमाडौं– नेपाल धितोपत्र बोर्डले सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निस्काशनका रोक लगाएको छ ।

सो कम्पनीले रु ३ करोड बराबरको ३ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको थियो । बोर्डले गत पुस ११ गते साधारण सेयर जारी गर्नका लागि अनुमति दिएको थियो ।

तर अन्तिम समयमा आएर साधारण सेयर जारी गर्न रोक लगाइएको छ । संस्थाले यही माघ ९ गते साधारण सेयर जारी गर्ने तयारी गरेको थियो ।

बोर्डले आईपीओ निष्कासन तत्काल रोक्न निर्देशन दिएपछि हाललाई स्थगन गरिएको सामुदायिक लघुवित्तले जानकारी दिएको छ ।

भोलि मंगलबारदेखि आईपीओ निष्कासन गरी शुक्रबार बन्द गर्ने संस्थाले तयारी गरेको थियो । बोर्डले अनुमति दिएपछि मात्र सेयर बिक्री गरिने सो संस्थाले उल्लेख गरेको छ ।

सो संस्थामा रु  ७ करोड बराबरको संस्थापक लगानी रहेको छ । आइपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको थियो । तर किन रोकियो भन्ने बारेमा भने बोर्ड र संस्था दुवैले केही बताएका छैनन् ।

यो पनि पढ्नुहोस्

पैसा जम्मा गर्नुहोस्, एक दर्जन कम्पनीको साधारण सेयर (आइपिओ) आउँदै (सूची) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको