Like us!
Follow us!
Connect us!
Watch us!
०.५८ अंकले घट्दा ३६ करोडको कारोबार

सेयर बजार रोकिएन, लगानीकर्तामा निराशा छायो

सोमबार, ०८ माघ २०७४, १५ : ५३ मा प्रकाशित

सेयर बजार रोकिएन, लगानीकर्तामा निराशा छायो

अर्थ संसार, काठमाडौं– केही दिन अघिदेखि निरन्तर ओरालो लागेको दोस्रो सेयर बजार आज (सोमबार) पनि सामान्य अंकले ओरालो लागेको छ ।

सेयर बजारमा नरोकिएपछि लगानीकर्तामा निराशा छाएको छ । आज नेप्से ०.५८ अंकले ओरालो लागेको छ । हिजा (आइतबार) को तुलनामा नेप्से घट्ने क्रम रोकिएपनि कारोबार रकमा भने त्यस्तो देखिएन । 

आज जम्मा १ सय ६३ वटा कम्पनीको ९ लाख ५४ हजार ६ सय ३० वटा कम्पनीको ३६ करोड ६४ लाख ३० हजार ९ सय ३४ रुपैयाँको कारोबार भएको छ ।क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.१ अंकले घटेको छ ।

नेप्सेका उपसूचकमा आज मिश्रित रातो र हरियो रंङ्गले पोतिएको छ । आज बैंक ०८३ अंक, व्यापार १०.२२ अंक, होटल ०.५६ अंक, हाइड्रोपावर २३.४३ अंक र उत्पादन ३.४१ अंकले बढेको छन् ।

यता विकास बैंक ०.५२ अंक, फाइनान्स २.०५ अंक, विमा १८.६५ अंक, अन्य ४.३ अंक र माइक्रोफाइनान्स १३.२९ अंकले घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको