अर्थ संसार, काठमाडौं– नेपला स्टक एक्स्चेन (नेप्से) मा आज दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।
नेप्सको अनुसार नेको इन्स्योरेन्स र फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको हो । दुवै कम्पनीको हकप्रद सेयरपछिको सेयर मूल्य समायोजन भएको हो ।
कुनको कति ?
फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक
यस कम्पनीको ५० हकप्रदपछिको सेयर मूल्य समायोजन भएको हो । कम्पनीको हकप्रद पछिको समायोजन मूल्य ५ सय ५५ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ७ सय ५६ रुपैयाँ दिएको छ ।
नेको इन्स्योरेन्स
यस कम्पनीको पनि ५० प्रतिशत हकप्रद सेयर पछि मूल्य समायोजन गरेको छ । कम्पनीको हकप्रद पछिको समायोजन मूल्य ५ सय ४१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ७ सय ४५ रुपैयाँ दिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस