Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्योरेन्सको एफपिओ माघ १८ गते बाँडफाँट, पर्ने सम्भावना कति ?

बुधबार, १० माघ २०७४, ११ : १७ मा प्रकाशित

प्रिमियर इन्स्योरेन्सको एफपिओ माघ १८ गते बाँडफाँट, पर्ने सम्भावना कति ?

अर्थ संसार, काठमाडौं–  प्रिमियर इन्स्योरेन्स कम्पनीको एफपीओ माघ १८ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनएमबी क्यापिटलले उक्त दिन बाँडफाँटको तयारी गरेको जानकारी दिएको हो ।

प्रिमियरले पुस १६ देखि छिटोमा पुस १९ र ढिलोमा माघ १५ सम्मका लागि ६ लाख ५९ हजार ५ सय ६५ कित्ता एफपीओ विक्री खुला गरेको थियो । पुस १९ गतेसम्म विक्री खुला रहेको प्रिमियरको एफपीओमा तोकिएकोभन्दा बढी आवेदन परेको छ ।

एनएमबी क्यापिटलका प्रमुख व्यवसायी तथा सञ्चालन अधिकृत कमल प्रसाद नेपालले प्रिमियरको एफपीओमा १ लाख ८३ हजार ८ सय ४६ जना आवेदकबाट रू. ३ अर्ब २२ करोड ५८ लाख ७१ हजार बराबरको आवेदन परेको जानकारी गराए ।

आवेदकको सङ्ख्या बढी भएकाले गोलप्रथाबाटै एफपीओ बाँडफाँट हुने नेपालको भनाई रहेको छ । गोलप्रथाद्वारा एफपीओ बाँडफाँट गर्दा अहिलेको नियममा ६५ हजार ९ सय ५६ जना लगानीकर्ताको हातमा १० कित्ता सेयर पर्ने देखिन्छ ।

प्रिमियरले रू. १ सयमा प्रिमियम बापत रू. ६ सय ९९ थप गरी रू. ७ सय ९९ मा एफपिओ विक्री गरेको हो । प्रिमियरले एफपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट मङ्सिर १८ गते स्वीकृति पाएको थियो ।

यस एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार २ सय ९० कित्ताको लागि आवेदन दिन पाउने व्यवस्था रहेको थियो । हाल रू. ४४ करोड ८५ लाख ३ हजार ८ सय चुक्तापूँजी रहेको प्रिमियरको एफपिओ बाँडफाँट पश्चात रू. ५१ करोड ४४ लाख ६० हजार ३ सय पुग्नेछ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको