Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ता पर्ख र हेरको अवस्थामा, झिनो अंकले बढ्यो बजार

बुधबार, १० माघ २०७४, १६ : ४० मा प्रकाशित

लगानीकर्ता पर्ख र हेरको अवस्थामा, झिनो अंकले बढ्यो बजार

अर्थ संसार, काठमाडौँ –  लगातार ओरालो लागेर निराश बनाएको धितोपत्र बजारमा आज भने सामान्य सुधार आएको छ । तर बजार सोचेअनुसार भने बढ्न नसकेको बजारका जानकारहरुको भनाइ छ ।

कुल ४० अंंकले आरोलो लागेको बजारमा १.६९ प्रतिशतलेम ात्रै उकालो लाग्नुलाई भने सामान्य रुपमा नै लिइएको छ । बजार बढेपछि एक हजार ४०० को बिन्दुका नेप्से परिसूचक उक्लन सकेन ।

बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १.६९ अंकले बढेर १३९४.७३ अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि  ०.३६ अंकले बढेर २९४ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक  बढेको भएपनि कारोबार रकममा भने गिरावट भएको स्टकले जनाएको छ । आज कुल १५६ कम्पनीका नौ लाख ३८ हजार कित्ता शेयर रु २६ करोड १५ लाख खरिद बिक्री भएको छ । यो कारोबार रकम मंगलबारको भन्दा कम हो । मंगलबार रु ३२ करोड २६ लाख मा शेयर कारोबार भएको थियो ।

लगानीकर्ता पर्ख र हेरको अवस्थामा स्थिर रहेकाले बजार सामान्य अवस्थामा मात्रै बढेको बताइन्छ ।

आज  बैंक ०.३२, व्यापार ४.२२, होटल १४.७७, विकास बैंक ७.८२,जलविद्युत ३.१३, बीमा १६.१३, अन्य ५.०८ बिन्दुले बढेको छ । यस्तै फाइनान्स ०.७, उत्पादनमुलक २६.२ र लघुबित्त २.६२ बिन्दुले  घटेका छन् आज  एभरेस्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा बढी ६ प्रतिशत कमाए भने हिमालयन डिस्टिलरीका शेयरधनीले ६ प्रतिशत नै गुमाएको स्टकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

अपि पावरले पायो २० मेगावाटको सोलार पावरको सर्वेक्षण अनुमति

आर्थिक समृद्दिको बाधक के हो ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको