Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र कारोबार दुवैमा सुधार

विहीबार, ११ माघ २०७४, १५ : ३४ मा प्रकाशित

नेप्से र कारोबार दुवैमा सुधार

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार पूँजी बजारमा सामान्य सुधार आएको छ । लगातार घटेको बजारमा केही सुधार आउँदा लगानीकर्तामा केही राहत मिलेको छ ।

९.८ अंकले बढेको बजारमा २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपैयाँको कारोबार भएको छ ।  जम्मा १ सय ५९ वटा कम्पनीको ६ लाख ६२ हजार १ सय ६९ कित्ता सेयर खरिदविक्री भएको छ ।

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.०७ अंकले बढेको छ । १ हजार ३ सय ९४ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स कारोबार बन्दहुँदा विस्तारै बढेर १ हजार ४ सय ३ विन्दुमा आई रोकिएको छ ।  विकास बैंक र अन्य उपसमूह घटेपनि अरु समूहमा भने हरियाली छाएको छ ।

आज बैंकिङ ८.६१ अंक, व्यापार ८.२८ अंक, होटल २७.३५ अंक, हाइड्रोपावर ६.४१ अंक, फाइनान्स १.६१ अंक, विमा ८९.०२ अंक, उत्पादन ३०.४५ अंक र माइक्रोफाइनान्स २२.४३ अंकले बढेको छ । यता विकास बैंक ३.०६ अंक र अन्य १.४५ अंकले घटेको छ । 

सामान्य अंकले बढेक बजारमा विशाल बजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल र हिमालयन डिटिलरी लिमिटेड आदि कम्पनीका सेयरधनीले आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् भने गुहेश्वरी मर्चेण्ड बैकिङ एण्ड फाइनान्स लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड आदि कम्पनीका लगानीकर्ताले केही प्रतिशत गुमाएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको