Like us!
Follow us!
Connect us!
Watch us!
नेप्से १.४२ अंकले बढ्दा ३५ करोडको कारोबार

सेयर बजारले गर्यो सातालाई हरियो रंङ्गले स्वागत

आइतबार, १४ माघ २०७४, १५ : २५ मा प्रकाशित

सेयर बजारले गर्यो सातालाई हरियो रंङ्गले स्वागत

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आज ( आइतबार)  सेयर बजार  सामान्य अंकले बढेको छ । नेप्से १.४२ अंकले बढेको बजारमा ३५ करोड ४७ लाख २१ हजार ७ सय ८ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५८ वटा कम्पनीको ८ लाख ५१ हजार ३ सय २५ कित्ता सेयर खरिद भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.६ अंकले बढेको छ ।

नेप्सको परिसूचकमा आज बैकिङ र विकास बैंक बढेपनि अन्य परिसूचक भने राताम्मै भएका छन् । आज व्यापार १०.३८ अंक, होटल २८.०२ अंक, हाइड्रोपावर १६.९२ अंक, फाइनान्स २.७५ अंक, विमा १२.४९ अंक, उत्पादन ९.३९ अंक, अन्य ३.०३ र माइक्रोफाइनान्स ५.४५ अंकले घटेको छ ।

यता बैकिङ ५.९२ अंक र विकास बैंक ४.७६ अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा एनएमवि बैंक, वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेका लगानीकर्ताले आफ्नो आम्दानीको केही प्रतिशत बढाएका छन भने सिन्धु विकास बैंक, विशाल बजार कम्पनी लगायतका कम्पनीमा लगानी गर्ने लगानीकर्ताले केही प्रतिशत गुमाएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको