Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

आइतबार, १४ माघ २०७४, १७ : ०१ मा प्रकाशित

नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आइतबार चार कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

नेप्सेको अनुसार ग्लोबल आईएमई बैंक, लक्ष्मी बैंक, कावेली विकास बैंक र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको हो ।

कुन कम्पनीको कति ?

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंक लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भएको छ । बैंकको ८० लाख ८० हजार ३ सय ४१.६६ कित्ता शेयर आइतबार नेप्सेमा सुचीकृत भएको हो ।

लक्ष्मी बैंक

लक्ष्मी बैंक लिमिटे ७४ लाख ७२ हजार ४ सय १२ कित्ता बोनस सेयर  नेप्सेमा सुचीकृत भएको छ ।

कावेली विकास बैंक

 नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा  आज कावेली विकास बैंकको सेयर सूचिकृत भएको छ । बैंको १ लाख ४० हजार ३ सय ५२ कित्ता बोन सेयर सूचिकृत भएको हो ।

सिद्धार्थ इन्स्योरेन्स

यस कम्पनीको १० लाख ६९ हजार ३५ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको