Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा लगानी गर्ने हो ? बुटवल पावरको एफपिओ खुल्यो

सोमबार, १५ माघ २०७४, १० : ५६ मा प्रकाशित

सेयरमा लगानी गर्ने हो ?   बुटवल पावरको एफपिओ खुल्यो

अर्थ संसार, काठमाडौैं– बुटवल पावर कम्पनी लिमिटेडले आजदेखि एफपीओ बिक्री खुला गरेको छ । कम्पनीले रु  २ अर्ब ४ करोड ४५ लाख बराबरको एफपीओ बिक्री गर्न लागेको हो ।

एफपीओको मूल्य प्रतिकित्ता रु ५०१  तोकिएको छ । साधारण सेयरमा रु ४०१ प्रिमियम मूल्य थप गरेर ४० लाख ८१ हजार कित्ता एफपीओ बिक्री गर्न लागेको हो ।  एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । एफपीओ न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर रु २ अर्ब २१ करोड ८६ लाख पुग्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने छन् ।

एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३÷७४ मा बीपीसीले रु ६५ करोड खुद नाफा गरेको छ ।

। कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ । आउदो ३ वर्षमा बीपीसीले नाफा बढाएर रु ६७ करोड ६१ लाख ९६ हजार पुर्याउने जनाएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको