अर्थ संसार, काठमाडौं– साताको दोस्रो दिन (आज) सोमबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र कारोबार दुवैमा सामान्य गिरावाट आएको छ ।
नेप्से ३.७२ अंकले घट्दा २८ करोड ५५ लाख ३३६ हजार ४ सय २४ रुपैयाँको कारोबार भएको छ । जम्मा १ सय ६० वटा कम्पनीको ७ लाख १५ हजार ८ सय ५४ कित्ता सेयर खरिदविक्री भएको छ ।
आज क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.७४ अंकले घटेको छ । व्यापार र हाइड्रोपावर परिसूचक बढेपनि बाँकी ७ वटा परिसूचक भने राताम्मै भएका छन् ।
आज बैकिङ ४.०४ अंक, होटल २१.३६ अंक, विकास बैंक ५.७१ अंक, फाइनान्स ३.७८ अंक, विमा ०.६५ अंक, अन्य ३.०१ अंक र माइक्रोफाइनान्स ३.५८ अंकले घटेको छ ।
यता व्यापार ६.३३ अंक र हाइड्रोपावर १.१४ अंकले बढेको छ । सामान्य अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस