अर्थ संसार, काठमाडौं - सेयर बजार आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से २.२६ अंकले बढ्दा ३१ करोड १५ लाख ३४ हजार २ सय ७५ रुपैयाँको कारोबार भएको छ ।
कुल १ सय ५६ कम्पनीको ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयर खरिविक्री भएको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.३५ अंकले बढेको छ । आज नेप्सेको परिसूचक मिश्रित रुपमा बढ्दा बजारमा समान्य सुधार आएको हो ।
काज ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयर खरिविक्री भएको छ ।आज बैकिङ १.९७ , व्यापार ४.२२, होटल ३५.९२, विकास बैंक १०.१७ अंक, फाइनान्स ५.७२ , विमा ३१.३४ र माइक्रोफाइनान्स ८.०४ अंकले बढेको छ ।
उता हाइड्रोपावर ८.१, उत्पादन ३.४१ र अन्य ५.५७ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा नेपाल इन्स्योरेन्स , गुराँस फाइनान्स, मल्टिपर्स फाइनानस कम्पनी लगायतका कम्पनीमा लगानी लगानीकर्ताले केही कमाएका छन् भने ङादी , लुम्बिनी विकास बैंकलगायतका कम्पनीमा लगानीकर्ताले गुमाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस