अर्थ संसार, काठमाडौं– धितोपत्र बजार सुधारउन्मुखको यात्रामा लम्किएको छ । सेयर बजारमा केही दिन अघिदेखि विस्तारै बढ्ने क्रम जारी छ ।
साताको अन्तिम दिन आज नेप्से ७.०३ अंकले बढेको छ । कूल १ सय ५७ कम्पनकिो ११ लाख ५६ हजार ३ सय ६९ कित्ता ४१ करोड ७० लाख ९८ हजार ६ सय ४३ रुपैयाँमा विक्री भएको छ ।
क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५ विन्दुले बढेको छ । आज जलविद्यूत समूह बाहेक नेप्सेका सवै उपसमूहहरुमा हरियाली छाएको छ ।
आज बैंकिङ ६.०३, व्यापार १.६९, होटल ५.४७, विकास बैंक ८.३२, फाइनान्स ०.६५, विमा १६.०४, उत्पादन ५.३६, अन्य ९.८८ र माइक्रोफाइनान् १२.४१ अंकले बढेको छ ।
यता जलविद्युत समूह भने १.४९ अंकले घटेको छ । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस