Like us!
Follow us!
Connect us!
Watch us!

कम आवेदन परेपछि विपिसिको एफपिओ भर्ने समय थपियो

शुक्रबार, १९ माघ २०७४, १६ : ३५ मा प्रकाशित

कम आवेदन परेपछि विपिसिको एफपिओ भर्ने समय थपियो


अर्थ संसार, काठमाडौँ – मागअनुसार आवेदन नपरेपछि बुटवल पावर कम्पनीको एफपिओमा आवेदन दिने समय थप  गरिएको छ ।

उफपिओको  बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एफपिओमा लगानी गर्ने समायवधि एकदिन थपेको जनाएको छ ।

 कम्पनीको एफपिओको बिक्री खुल्ला सोमबारदेखि शुक्रबारसम्म तोकिएको थियो । माग अनुसारको आवेदन नपरेपछि आइतबारसम्मको लागि समय थप गरिएको हो ।  

कम्पनीको एफपिओमा विहीबारसम्ममा ४२ हजार आवेदकले रु ५५ करोड हाराहारीको मात्र आवेदन दिएको जनाएको छ ।

बुटवल पावर कम्पनीको एफपिओ निष्काशनको विषयमा विभिन्न टिप्पणी सार्वजनिक भइरहेको छ ।

विहीबार छिटोमा अन्तिम दिन तोकिएको भए पनि माग अनुसारको आवेदन नपरेपछि आइतबारसम्मको बिक्री खुल्ला गरिनेछ ।

बुटवल पावरले प्राथमिक सेयर निष्काशन नगरी एफपिओ निष्काशन गरेको भन्दै आलोचना भएको थियो ।

लगानी गर्ने वा नगर्ने लगानीकर्ताको अधिकार भएको भन्दै उसले प्राप्त सूचना र विवरणलाई विश्लेषण गर्न पनि अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

लगानीकर्तालाई विश्वास गर्न बुटवल पावर कम्पनीको अनुरोध

सि–आस्वा प्रणाली भनेको के हो ? यसबाट आइपिओ, एफपिओ, म्यूचुअल फण्ड र हकप्रद सेयर कसरी भर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको