Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको रोजाइमा विपिसिको एफपिओ परेन, आइतबार पनि आवेदन दिन पाईने

शनिबार, २० माघ २०७४, १० : १६ मा प्रकाशित

लगानीकर्ताको रोजाइमा विपिसिको एफपिओ परेन, आइतबार पनि आवेदन दिन पाईने

अर्थ संसार, काठमाडौं–  मागअनुसार आवेदन नपरेपछि बुटवल पावर कम्पनीको एफपिओमा आवेदन दिने समय थप  गरिएको छ ।

उफपिओको  बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एफपिओमा लगानी गर्ने समायवधि एकदिन थपेको जनाएको छ ।

 कम्पनीको एफपिओको बिक्री खुल्ला सोमबारदेखि शुक्रबारसम्म तोकिएको थियो । माग अनुसारको आवेदन नपरेपछि आइतबारसम्मको लागि समय थप गरिएको हो ।  

कम्पनीको एफपिओमा विहीबारसम्ममा ४२ हजार आवेदकले रु ५५ करोड हाराहारीको मात्र आवेदन दिएको जनाएको छ ।

बुटवल पावर कम्पनीको एफपिओ निष्काशनको विषयमा विभिन्न टिप्पणी सार्वजनिक भइरहेको छ ।
विहीबार छिटोमा अन्तिम दिन तोकिएको भए पनि माग अनुसारको आवेदन नपरेपछि आइतबारसम्मको बिक्री खुल्ला गरिनेछ ।

बुटवल पावरले प्राथमिक सेयर निष्काशन नगरी एफपिओ निष्काशन गरेको भन्दै आलोचना भएको थियो ।
लगानी गर्ने वा नगर्ने लगानीकर्ताको अधिकार भएको भन्दै उसले प्राप्त सूचना र विवरणलाई विश्लेषण गर्न पनि अनुरोध गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको