अर्थ संसार, काठमाडौँ– गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण सेयर आइतबार अथार्त माघ २१ गते निष्काशन हुने भएको छ ।
नेपाल धितोपत्र बोर्डले पुष १९ गते शुक्रबार कालिका पावरलाई छ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति दिएको हो ।
बोर्डका प्रवक्ता नीरज गिरीका अनुसार कम्पनीले रु १०० मूल्य अंकित दरको छ लाख कित्ता साधारण सेयर जारी गर्ने छ ।
कम्पनीले साधारण सेयर निष्कासनका लागि काठमाण्डू क्यापिटल मार्केट लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।
गोरखाको दरौदी खोलामा कम्पनीले छ मेगावाट क्षमताको दरौदी कालिका जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । स्थानीयवासीलाई साधारण सेयर दिएपछि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस