अर्थ संसार, काठमाडौं– बुटवल पावर कम्पनीको एफपिओ भर्नुभयो ? आज अन्तिम दिन ।
मागअनुसार आवेदन नपरेपछि बुटवल पावर कम्पनीको एफपिओमा आवेदन दिने समय आज सम्म थप गरिएको हो ।
उफपिओको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एफपिओमा लगानी गर्ने समायवधि एकदिन थपेको जनाएको छ ।
कम्पनीको एफपिओको बिक्री खुल्ला सोमबारदेखि शुक्रबारसम्म तोकिएको थियो । माग अनुसारको आवेदन नपरेपछि आइतबारसम्मको लागि समय थप गरिएको हो ।
कम्पनीको एफपिओमा विहीबारसम्ममा ४२ हजार आवेदकले रु ५५ करोड हाराहारीको मात्र आवेदन दिएको जनाएको छ ।
बुटवल पावर कम्पनीको एफपिओ निष्काशनको विषयमा विभिन्न टिप्पणी सार्वजनिक भइरहेको छ ।
विहीबार छिटोमा अन्तिम दिन तोकिएको भए पनि माग अनुसारको आवेदन नपरेपछि आइतबारसम्मको बिक्री खुल्ला गरिनेछ ।
बुटवल पावरले प्राथमिक सेयर निष्काशन नगरी एफपिओ निष्काशन गरेको भन्दै आलोचना भएको थियो ।
लगानी गर्ने वा नगर्ने लगानीकर्ताको अधिकार भएको भन्दै उसले प्राप्त सूचना र विवरणलाई विश्लेषण गर्न पनि अनुरोध गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस