Like us!
Follow us!
Connect us!
Watch us!
मिदिम खोलाको तीन मेगावाट विद्युत् राष्ट्रिय प्रसारण जोडियो

युनियन हाइड्रोपावरको ६ करोड बढीको साधारण सेयर आउँदै

आइतबार, २१ माघ २०७४, १६ : ५१ मा प्रकाशित

युनियन हाइड्रोपावरको ६ करोड बढीको साधारण सेयर आउँदै

अर्थ संसार, काठमाडौँ – नेपाल विद्युत् प्राधिरकणको केन्द्रीय प्रसारण लाइनमा तीन मेगावाट विद्युत् थप भएको छ ।

जलमजुङ जिल्लामा आयोजना स्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाबाट सो परिमाणमा विद्युत् थप भएको हो ।

युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले यही माघ १५ देखि व्यवसायिक रुपमा बिजुली उत्पादन थालेको हो ।

आयोजनाको जडित क्षमता ३ मेगावाट भएपछि हाल ७ सय किलोवाट मात्र उत्पादन भइरहेको आयोजनाले जनाएको छ ।

 आयोजना प्रभावित स्थानियबासीले पूरा हुन नसक्ने माग राखेर आयोजना बन्द गरेपछि केही दिन विद्युत् उत्पादनमा अवरोध भएको थियो ।आयोजनाको लागत रु ५४ करोड रहे पनि बढी समय लागेकाले लागत बढेर रु ६५ करोड पुगेको छ ।

युनियन र नेपाल विद्युत् प्राधिकरण बीच २०६७ माघ ४ गते विद्युत् खरिद बिक्री सम्झौता गरिएको थियो  । विद्युत् प्राधिकरणबीच सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा दिने गरि पीपीए सम्झौता गरिएको छ ।

आयोजना लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा अवस्थित छ । स्थानीयको आयोजनामा जनसहभागिता बढाउनका लागि प्रभावित गाविसका लागि १० प्रतिशत सेयर निष्कासन गर्ने भएको छ ।

युनियनले पहिलो चरणमा स्थानियबासिन्दालाई रु ६ करोड ३३ लाख ७४ हजार ५ सय बराबरको ६ लाख ३३ हजार ७४५ कित्ता साधारण सेयर बिक्री गर्न लागेको छ ।सेयर निष्कासनका लागि कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

यो पनि पढ्नुहोस्

कालिका पावरको आइपिओ आजदेखि खुल्ला, कहाँबाट आवेदन दिने ?

सिद्धिखोला जलविद्युत आयोजनामा दुई बैंकले एक अर्ब बढी लगानी गर्ने

युनाइटेड मोदीले कमायो पाँच करोड ४९ लाख

माउण्ट मकालुको हकप्रद सेयर आजदेखि विक्रीमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको