अर्थ संसार, काठमाडौं– लगातार घटिरहेको शेयर बजारको मार वाणिज्य बैंकहरुले खेपिरहेका छन् । दोस्रो शेयर बजारमा कारोबार भएका २५ वाणिज्य बैंकहरुको शेयर मूल्य घटेर साधारण शेयर (आइपिओ) को मूल्यामा आउन लागेका छन् । लामो समयदेखि घटिरहेको बजारले गर्दा यि बैंकहरुको मूल्य घट्न पुगेको हो ।
एक महीनाको अवधिमा कुनको कति अन्तर ?
स्ट्याण्डर्ड चार्टड नेपाल बैङ्कको शेयर मूल्य एक महीनाको अन्तरमा १ सय ६ ले घटेको छ । माघ २३ गते यस बैङ्कको शेयर मूल्य १ हजार १ सयमा कारोबार भएको थियो भने फागुन २३ गते ८ सय ९५ मा शेयर कारोबार भएको छ । त्यसैगरि, एभरेष्ट बैङ्कको शेयर मूल्य एक महीनामा ७७ ले घटेको छ । माघ २३ गते ८ सय ५० मा कारोबार भएको शेयर फागुन २३ गते ७ सय ७३ मा कारोबार भएको छ ।
बजार घटेसँगै बैक तथा वित्तीय संस्थाहरुको शेयर मूल्य घट्दै गएको छ । गत मङ्गलवार र बुधवार भने शेयर बजार सामान्यले बढेको थियो । कारोबार भएका २५ वाणिज्य बैकमा सबैभन्दा थोरै मूल्यमा कारोबार हुने बैङ्कमा जनता बैङ्क लिमिटेड रहेको छ । बुधवार भएको शेयर कारोबारमा यस बैंकको १ सय ६५ मा शेयर कारोबार भएको छ ।
सिभिल बैंक लिमिटेडको १ सय ५६, कुमारी बैंकको २ सय ५९ मा कारोबार भएको छ । यस बैंकले पूँजी वृद्धि अभियानको लागि १० बराबर २ को अनुपातमा हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हकप्रद वितरणपछि बैंकको पुँजी अपुग हुने भएकाले बोनस समेत दिने अनुमान लगाउन सकिन्छ ।
वाणिज्य बैंकको २ सयको हाराहरीमा कारोबार हुने बैंकमा सनराइज बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, नेपाल बङ्गलादेश बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेको छन् ।
एक महीनामा २५ वाणिज्य बैङ्कको शेयर मूल्यमा भएको फरक रकममा
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस