दुई हाइड्रोपावर कम्पनीहरूले आफ्नो आइपीओ निष्कासन प्रस्ताव पारित गर्नका लागि साधारणसभा बोलाएका छन्।
ग्लोबल हाइड्रोपावर एसोसिएटस् र सुपरखुदी हाइड्रोपावरले आइपीओ प्रस्तावसहित साधारणसभा बोलाएका हुन्।
ग्लोबल हाइड्रोपावरले पुस २९ गते काठमाडौंको नक्सालस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो साढे १२ बजेबाट सुरु हुनेगरी साधारणसभा बोलाएको छ भने सुपरखुदी हाइड्रोपावरले पनि पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेगरी साधारणसभा बोलाएको छ ।
दुबै कम्पनीले सभामा आफ्नो आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछन्।
यस्तै,सभामा यी कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका अन्य महत्त्वपूर्ण विषयमा पनि छलफल गर्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस