Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्स्योरेन्सलाई २५% हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, १७ : ३० मा प्रकाशित

नेको इन्स्योरेन्सलाई  २५% हकप्रद निष्काशन गर्न बोर्डले दियो अनुमति

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार नेको इन्स्योरेन्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५ अनुपातका दरले हकप्रद सेयर निष्काशन गर्न आज पुस ९ गते अनुमति दिएको हो। 

अनुमति पाएसँगै नेको इन्स्योरेन्सले कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको लागि प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

नेपाल बीमा प्राधिकरणको चुक्ता पूँजी बृद्धि गर्न दिएको निर्देशन बमोजिम कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।कम्पनीको हकप्रद सेयर निस्काशन पश्चात २ अर्ब ५१ करोड रुपैयाँ चुक्तापुँजी पुग्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको