Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्त नेप्सेको कारबाहीमा,सेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, १४ : ०१ मा प्रकाशित

आत्मनिर्भर लघुवित्त नेप्सेको कारबाहीमा,सेयर कारोबार रोक्का, ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको  सेयर कारोबार रोक्का गरेको छ।

यो निर्णय कम्पनी सञ्चालक समितिको आइतबारको बैठकमा लिइएको थियो, जसमा आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणासम्बन्धी निर्णय गरेर सोको जानकारी नेप्सेमा पुस ८ गते, अर्थात् आज, कारोबारको समय १२ः१३ बजेपछि मात्र नट्समार्फत पठाएकोले नेप्सेले सेयर कारोबार रोक्का गरेको हो।

 योसँगै नेप्सेले कम्पनीलाई ३ दिनभित्र स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ।

नेप्सेको अनुसार, धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) अनुसार कुनै पनि सूचीकृत कम्पनीले आफ्नो निर्णय, सूचना, वा जानकारीलाई प्रभाव पार्ने बेला सो जानकारी सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको