माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले बैंककै संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ८१ लाख ३६ हजार ५२१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यो सेयर संस्थापक सेयरधनीले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । जसअनुसार ३५ दिनभित्र खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाएर माछापुच्छ्रे क्यापिटलमा निवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस